Logo

एमिकस क्यूरीमा घिमिरे र केसीको नाम पठाइयो



काठमाडौं, १ असार । प्रतिनिधि सभा विघटनविरुद्ध परेको १४६ विघटित प्रतिनिधि सभाका सांसदहरुको रिटमाथि संवैधानिक इजलासमा सुनुवाई बढ्दा एमिकस क्यूरी मनोनयन गरी पठाइएको छ । आज सर्वोच्च अदालत बार एशोसिएशनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीको नाम मनोनयन गरी पठाइएको हो ।

सर्वोच्च अदालत बार एशोशिएसनका सचिव ऋषिराम घिमिरेले अदालतको सहयोगी एमिकस क्यूरी पठाइएको जानकारी दिए । सर्वोच्च अदालतले माग गरेबमोजिम घिमिरे र केसीको नाम पठाइएको जानकारी दिए ।

जटिल विषयका मुद्दाहरुमा संवैधानिक इजलास गठन गरिने र त्यसको किनारा लगाउन अदालतले एमिकस क्युरीको रुपमा सर्वोच्च अदालत बार एशोसिएशनलाई पत्र लेखी वरिष्ठ अधिवक्ताहरुको नाम माग गर्न सक्छ । त्यसै अनुसार सर्वोच्चले अदालतको सहयोगी माग गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्