Logo

बाढीको बितण्डाः मनाङमा क्षति, नारायणी नदीमा जलसतह खतरा तहमाथि



काठमाडौं, १ असार । अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको बितण्डा मच्चिएको छ । विभिन्न नदीहरुमा जलसतह खतरा तहमा पुगेको छ ।

मनाङले बाढीपहिरोले ठूलो क्षति पुगेको छ । त्यहाँ ३ सय व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढी सूचना केन्द्रले नारायण नदी देवघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको छ । भारी वर्षा र थप वर्षा हुने पूर्वानुमान रहेकाले चितवन र नवलपरासीको तटिय क्षेत्रमा भोलि विहान सम्म उच्च सतर्कता अपनाउन भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । भारतको झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसून न्यून चापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको उल्लेख छ । देशका अधिकांश स्थानहरुमा आज राति वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्