Logo

नेपाल विद्यार्थी संघका नेताहरु बानेश्वरबाट पक्राउ



काठमाडौं, १ असार । विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौंको नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघ सर्लाहीका नेता एवं जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाका अध्यक्ष मनिष रायामाझी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेविसँघका नेताहरु सुवर्ण गौतम, रमित खड्का, अन्जन राज खतिवडा, सन्जिब ढकाल र मनिष सिंम्खडा रहेका छन् ।

उनीहरुलाई काठमाडौं स्थित नेपाल पुलिस क्लबमा राखिएको छ । संसद पुनःस्थापना गर्नुपर्ने, कोरोना खोपको ग्यारेन्टी गर्नुपर्ने, विद्यार्थीलाई पढ्ने विकल्प दिनुपर्ने माग सहित नेविसंघका विद्यार्थी नेताहरुले प्रदर्शन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot