Logo

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस



काठमाडौं, असार २ । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ ।

मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य अनन्तराज लुइँटेलले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी (अदालतको सहयोगी) माग गरेको थियो । सोही मागअनुसार सर्वोच्च अदालत बारले दुई जनाको नाम सिफारिस गरेको हो ।

त्यस्तै, नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा मनोनयन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइमा अदालतलाई सहयोग गर्न वैद्य र मल्ललाई पठाउने निर्णय गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । वैद्य पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्