Logo

बाढी, पहिरो र डुबानबाट क्षति



काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको हो । बाजुराकै त्रिवेणाी नगरपालिकाका १२ वर्षीय बालक कमल बुढालाई किन्नी खोलाले बगाउँदा बेपत्ता छन् ।

यस्तै गोरखाको स्थानीय खोला तर्न खोज्दा एक मजदुरलाई बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए। त्यस्तै, सल्यानमा खहरे खोलाले बगाएको अवस्थामा दुई जनाको शव भेटिएको डीएसपी गोविन्द थापाले जानकारी दिए ।

दाम्ना गाउँपालिका वडा नम्बर ५ को ठूलो खोलाले बगाएको अवस्थामा ३० वर्षीय गीता खड्काको शव फेला परेको हो । त्यस्तै दाम्ना–४ का ४५ वर्षीय वीरमान विकको शव खानीखोलाले बगाएको अवस्थामा फेला परेको हो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्