Logo

बाढीका कारण मनाङमा पाँच सय विस्थापित



काठमाडौं, असार २। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उनले भने, “अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका छन् ।” उनका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित हुन पुगेको तामाङले बताए ।

चामेका चार घर पूर्ण रूपमा भत्केका छन् भने पाँचवटा घर डुबाएको छ । बाँकी घर सबै डुबानमा परेका छन् । चामेका विस्थापित परिवारलाई उद्धार गरेर नवनिर्मित जिल्ला कारागारमा सुरक्षित राखिएको छ । ताल गाउँका ६० मध्ये ४८ घरका दुई सय विस्थापित गाउँ छाडेर अलिक माथि डाँडामा नेपाल प्रहरीको चौकीमा बसेका छन् । मनाङको विद्युत् गृह, पाँचवटा काठेपुल र बेलिब्रिज बाढीले बगाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भने, ‘‘यस्तो उर्लेर बाढी आएको पहिलो पटक होला, तहसनहस पारेको छ, उद्धारमा जान छ घण्टा लाग्छ, सकिएको छैन ।” मस्र्याङ्दी नदी, स्थानीय घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले जिल्ला हुलाक कार्यालय, स्थानीय आमा समूहले बनाएको सामुदायिक भवन, जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरमा पनि क्षति पु¥याएको छ । लमजुङका केही विद्युत् गृहमा पनि बाढीले क्षति पु(याएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बाढीबाट एक दर्जनभन्दा बढी घर जोखिममा परेको बताउँदै सडक अवरुद्ध बनाएको जनाए । सल्यान र पर्सामा बाढी पसेर धान खेत डुबाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्