Logo

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता



सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ ।

हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् ।

मंगलबार बेलुका गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ४० जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको प्रारम्भिक खवरहरु आईरहेका छन् । तर, यकिन तथ्याङक कतैबाट पुष्टि हुन सकेको छैन् ।
मेलम्ची खाने पानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा प्रभाव परेको छ ।

मंगलबार साँझदेखि मेलम्चीमा आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाको अम्बाथान हुँदै मेलम्चीबजारदेखि तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्‍याएको प्रहरीले अनुमान गरेको छ । अझैअवरिल वर्ष भइरहेको र नदी सतह अझै बढीरहेकाले थप क्षति हुन सक्नेसमेत अनुमान लगाईएको छ ।

बाढीले हेलम्बूको तल्लो तीम्बु बजार बगाएको छ । त्यस भन्दा तलतिरका केही घरहरुसमेत बगाएको छ । त्यस्तै मेलम्चीघ्याङका पुलहरुसमेत बाढीले बगाएको छ । खोला आसपासमा रहेका माछा लगायत केही कृषि फार्म पनि बगेका छन् ।

मंगलाबार राती बाढी बस्तीमै छिरेपछि त्यस क्षेत्रमा ज्यान जोगाउन स्थानीय भाग–दौड मच्चिरहेको थियो । बाढीले हेलम्बू कै चनौटे बजार डुबानमा छ । पश्चिमी केन्द्र मेलम्ची बजारमा बाढी पहिरोले सबै आतंक निम्त्याएको छ । नदी सतह बढेर बजार छिरेको छ । स्थानीय आमएग्री बसपार्कमा क्षति पुर्याएको छ । रेडियो मेलम्ची भवन डुवानमा छ ।



प्रतिक्रिया दिनुहोस्