Logo

मेलम्चीको बाढीले घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बगायो (फोटोकथा)



सिन्धुपाल्चोक, असार २ । पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बहेका छन्।

केही बजार क्षेत्र, सुरक्षा निकायका कार्यालय र व्यारेक डुबानमा छन्। खोलाले जताजतै सडक र नदी योग्यजमिन बगाएको छ। नदी आसपाका आधा दर्जन भन्दाबढी माछा र कृषि फार्मसमेत बाढीले बगाएको छ। मंगलबार दिउँसोदेखिको बाढीपहिरोले मेलम्ची खोला बहुलाउँदा नदी सतह झन्–झन् बढेर निरन्तर क्षति पुर्‍याइरहेको छ।v  फोटो स्रोतः समाजिक सञ्जाल

 



प्रतिक्रिया दिनुहोस्