Logo

गृहमन्त्री अधिकारीको दाबी : अब मुलुक निर्वाचनमा गयो, ओलीबिनाको सरकार बन्न सक्दैन् (भिडिओसहित)



काठमाडौं, २ असार । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले सरकारले सबै नागरिकलाई खोप लगाउनेगरि व्यवस्था गरेको बताएका छन् । उनले आगामी चुनावभन्दा अघि नै ६० प्रतिशत जनतालाई भ्याक्सिनको व्यवस्था गर्ने बताए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब मुलुक निर्वाचनमा गएको पनि बताएका छन् । र, उक्त निर्वाचनमा सबै दल सहभागी हुने अधिकारीको भनाई छ । उनले संसद् पूनःस्थापना भएपनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबिना सरकार नै बन्न नसक्ने जिकिर गरे । उनले माधव नेपाल र झलनाथ खनालहरुले कानूनविपरितको काम नगर्ने भन्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले भने,‘अदालतले संसद् पूनःस्थापना गर्दैन् । संसद् पूनःस्थापना भएपनि मुलुकको प्रधानमन्त्री केपी ओली नै हो ।’



प्रतिक्रिया दिनुहोस्