Logo

विजय लघुवित्तको २३ हजार कित्ता शेयर आजदेखि विक्रिमा



काठमाडौं, २ असार । विजय लघुवित्त वित्तीय संस्थाले २३ हजार कित्ता शेयर विक्रिमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा आफ्नो स्वामित्वमा रहेको २३ हजार ५२९ कित्ता शेयर बिक्रि गर्न लागेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाले संस्थापक शेयर खरिद गरी लिन इच्छुक यस वित्तिय संस्थाका हाल कायम रहेका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको भन्दै संस्थापक शेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजपत्र सहित निवेदन दिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्