Logo

ग्लोबल आइएमई लघुवित्तका ग्राहकलाई ब्याजमा छुट, अतिरिक्त शुल्क नलिने



काठमाडौं, २ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई ब्याजमा छुट दिने भएको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी संस्थाले आफ्ना ग्राहकलाई संस्थाले १० प्रतिशतले हुन आउने रकममा छुट दिने जनाएको छ ।

संस्थाको अनुसार २०७८ असार मसान्तभित्र बुझाउनुपर्ने सम्पूर्ण साँवा र ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने भएको हो ।यसका साथै यो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने समेत संस्थाले जनाएको छ ।

संस्थाको अनुसार हाल वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा संचालनमा ल्याएको छ । कोभिडको महामारीमा ग्राहक सदस्यहरुलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ईसेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने ब्यवस्था मिलाएको समेत संस्थाले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्