Logo

दीपक गिरीको दाबी : संसद् पूनःस्थापना हुन्छ, अहिले चुनावभन्दापनि व्यवस्था जोगाउने कुरा ठूलो हो (भिडिओसहित)



काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता दीपक गिरीले आफ्नो धारणा भनेको सकेसम्म गुट कम गर्ने भएको स्पष्ट पारेका छन् । उनले वर्तमान सरकारले निर्वाचन गराउने कुरा गर्नुभन्दापनि लोकतन्त्र र संविधानमाथि नै सरकारले प्रहार गरेको सुनाए । आफूहरु ताजा जनादेशको लागि तयार रहेको सुनाए ।

तर, विधि र लोकतन्त्रको रक्षा गर्नु कांग्रेसको पहिलो दायित्व भएको पनि गिरीको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘केपी ओलीसँग कागजी बहुमत भएर भएन नि, शेरबहादुर देउवाको पक्षमा अदालतमा १ सय ४६ जना लाईन लागेर गएको होईन् ।’

देउवाको पक्षमा एमालेका माधव नेपाल पक्षधर सांसदहरुले स्वतस्फूर्त रुपमा समर्थन गरेको पनि गिरीको भनाई छ । उनले निर्वाचन हुनै नसक्ने जिकिर गरे । उनले असार १९ गते वा २० गतेसम्म संसद् पूनःस्थापना हुनसक्ने सुनाए । उनले अहिले आफूहरु कमजोर नभएको पनि जिकिर गरे । उनले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नुभन्दापनि रचनात्मक प्रतिपक्ष भन्नुपर्ने बताए । पूर्व प्रधानमन्त्रीहरुले देशकको राष्ट्रियतामाथि आँच पुग्नेगरि बाहृय हस्तक्षेप बढेको भनेर भनेकोमा पनि उनले गुनासो पोखे । पूर्व प्रधानमन्त्रीहरुले भेगमा कुरा गर्न नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्