Logo

जेठ महिनामा बाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुबैमा बृद्धि



काठमाडौं, २ असार । बाणिज्य बैंकहरुको गएको एक महिना (जेठ)मा निक्षेप संकलन र कर्जा लगानी दुवै बढाएका छन् । बैंकहरुले अघिल्लो महिना (बैशाख)को तुलनामा जेठ अन्तिमसम्ममा कर्जा लगानी ३१ अर्ब र निक्षेप संकलन २७ अर्ब रुपैयाँले बढाएको नेपाल बैंकर्स एसोशियसनले जनाएको छ ।

एसोसिएसनको अनुसार बैशाख मसान्तसम्म ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले जेठको अन्तिम सातामा ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् । त्यस्तै, जेठ महिनामा ३६ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गर्न बैंकहरु सफल भएका छन् । गत महिना ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

यसैगरी, एक हप्ताको अवधिमा निक्षेप १३ खर्ब र कर्जा रकम ८ अर्ब रुपैयाँले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्