Logo

बाढि/पहिरो पीडितलाई तत्काल न्यूनतम राहत दिन सरकारसमक्ष माधव नेपालको माग



काठमाडौं, २ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले बाढि/पहिरो पीडितहरुलाई तत्काल न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामाग्रीसहितको व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेता नेपालले यस्तो बताएका हुन् ।

उनले अघि भनेका छन्–‘अविरल बर्षासॅगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षति भएका समाचारहरू आइरहेका छन् । बाढी(पहिरोबाट प्रभावित स्थानहरूमा तत्काल उद्दार कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ता, सरकारी निकाय तथा सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु। साथै प्रभावितहरूलाई बाँच्नका लागि न्यूनतम राहत, आवास, लत्ता कपडा एवम् स्वास्थ्य सामग्री सहितको व्यवस्थाका लागि सरकार एवम् परोपकारी संस्थाहरूको गंभीर ध्यानाकर्षण गराउॅछु ।’

नेता नेपालले अघि भनेका छन्–‘मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा रहेकाले सतर्क रहनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । भौगर्विक दृष्टिले कतिपय स्थानहरु पहिरोको उच्च जोखिममा रहेको भन्ने समाचारहरू आइरहेकोले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउन सो स्थानका वासिन्दा सहित स्थानीय प्रशासनसँग विशेष अनुरोध गर्दछु ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्