Logo

निर्देशक मुकुन्द भट्टले गरे सुनिल शेट्टीलाई भिलेनको अफर



काठमाडौं, २ असार । फिल्म ‘लप्पन छप्पन र लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘एक्स ९–लेभल १’ मा बलिउडका चर्चित अभिनेता सुनिल शेट्टीलाई भिलेनको अफर गरिएको जनाइएको छ ।

नायकको रुपमा अनमोल केसीसँग हालसम्म आधिकारीक सम्झौता नभएपनि अनमोल उक्त फिल्मको तयारीमा लागेको निर्देशक भट्टको तर्क छ । फिल्ममा अनमोलको ‘कृ’ बराबरको शरीर बनाउनु पर्ने भएकोले फिल्मको तयारीमा जुटेको निर्माण पक्षले दाबी गरेको छ । साथै फिल्ममा सौगात मल्ल र पुष्प खड्काको पनि अभिनय रहने बताइएको छ ।

निर्माणपक्षको अनुसार फिल्मको सुटिङ तिहारपछि सुरु हुन्छ । सुटिङ सुरु भएपछि सुनिल शेट्टी नेपाल आउने छन् । शेट्टी यसअघि पनि नेपाल धेरैपटक आएका छन् ।



प्रतिक्रिया दिनुहोस्