Logo

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ



ईलाम, २ असार । धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा एकजना पक्राउ परेका छन् । सूर्योदय नगरपालिका–२ लालिखर्क बस्ने ४५ वर्षीय डिक बम्जनलाई धारिलो हतियार सिक्कल प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय सुनिल गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित लालिखर्कबाट हिलेतर्फ जाने भित्रि सडकमा सोलिङ गर्दा ढुङगा फुटाउने बिषयलाई लिएर बिवाद हुँदा गोलेले बम्जनलाई सिक्कलले प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते बम्जनलाई फिक्कल अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड झापा पठाएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्