Logo

ट्रकमा गाँजा बोक्ने चालक पक्राउ



काठमाडौं, २ असार । अबैध लागूऔषध गाँजासहित ट्रक चालक पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१८ भवानीपुरस्थित सडकमा रोकी राखेको प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकबाट ६५ किलोग्राम अबैध लागूऔषध गाँजा सहित ट्रक चालक मकवानपुर मनहरि गाउँपालिका–६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्ने क्रममा क्याबिनभित्र लुकाइ राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्