Logo

फिल्मकर्मीलाई चाँडो भन्दा चाँडो खोप उपलब्ध गराउन माग



काठमाडौं, २ असार । कोरोना महामारीमा चपेटामा परेको चलचित्र निर्माता संघले फिल्मकर्मीका लागि कारोना खोप उपलब्ध गराउन माग गरेको छ । संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५ हजार खोपको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

संघको तर्फबाट अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङलाई ज्ञापनपत्र बुझाएका हुन् । निर्माता संघले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, ‘संघको ४ सय ५० सदस्यसहित अन्य संघ–संस्थाले उपलब्ध गराएको नामावलीको आधारमा ४ हजार ५ सयदेखि ५ हजार खोप उपलब्ध गराउन अनुरोध गर्दछौ ।’

संघले पत्रमा हालसम्म चलचित्रकर्मीले खोप उपभोग गर्न नपाएको पनि उल्लेख गरेको छ । संघले फिल्म क्षेत्र अन्य क्षेत्रजस्तै प्रभावित भएको भन्दै श्रमजिवि फिल्मकर्मी आर्थिक संकटमा परेको समेत मन्त्रालयलाई अवगत गराएको छ । साथै चाँडो भन्दा चाँडो कोरोनाविरुद्धको खोप उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्