Logo

स्वास्थ्य सामाग्री लिएर गृहजिल्ला पुगेका पर्यटनमन्त्री अरगरियालाई भव्य स्वागत



जनकपुर, २ असार । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई गृहजिल्ला धनुषामा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवा नेता, कार्यकर्ता र जनताले भव्य स्वागत गरेका हुन् ।

जानकी मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने निर्णय गरेर कार्यभार सम्हालेका मन्त्री अरगरिया गृहजिल्ला ओर्लिँदा स्वास्थ्य सामग्री लिएर आएका छन् । उनको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णयबाट यस क्षेत्रका जनता खुसी छन् । आज मन्त्री आउँदा उनीहरु स्वागतमा आएका हुन् ।

मन्त्री अरगरियाले आफ्नै पहलमा प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु उपलब्ध गराउँदै छन् । भोलि विहीवार स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्