Logo

धार्मिक कार्यमा पतिको बाँया पत्नि बस्ने यस्तो छ कारण



एजेन्सी, २ जेठ । हामीले सधै सुन्ने गरेको छौ पत्नी पतिको बाँया (देव्रे) बस्नुपर्छ । पत्नी पतिको बाँया भाग मानिन्छ । आज हामी यसको कारण बारे चर्चा गर्छौ ।

पौराणीक कथा अनुसार ब्रह्माले दायाँ काधबाट पुरुष र बाँया काधबाट महिलालाई उत्पन्न गरेका थिए । यही कारण महिलालाई पुरुषको बाँया अंग भनिएको हो । पछि विवाहमा पतिको देव्रे भागमा पत्नीलाई बसाउने परम्परा चलिआएको हो ।

पुरुष प्रधान देशका धार्मिक कार्यक्रममा पत्नीलाई दक्षिण (देवे्र) भागमा बसाइन्छ भने महिला प्रधान देशमा धार्मिक सस्कारमा पत्नीलाई पतिको दाहिने भागमा बसाइन्छ ।
संस्कार गणपतिमा उल्लेख गरेअनुसार पत्नीले सिन्दुर, खाना, शयन र सेवा गर्ने काममा सधै पतिको देव्रेपट्टी रहनुपर्छ । त्यस्तै, आर्शीवाद र ब्राह्मणलाई पुज्दा पत्नी पतिको देव्रेपट्टी हुनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्