Logo

हामी पहिला उद्धारको काम गर्छौँ, पछि राहतका काम सुरु हुन्छ : डिएसपी सापकोटा



जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले हिजोको बाढि/पहिरोले ठूलो क्षति पुगेको बताएका छन् । उनकाअनुसार हेलम्बुको प्रहरी चौकी पनि पहिरोले बगाएको छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘धेरै डुबान भएको छ, हेलम्वु प्रहरी चौकी पनि डुबाईरको छ, नदीले कटान गरेर भत्काईरहेको छ, तल प्रहरी चौकी कालामहारानी पनि पूरै डुबानमा परेको छ । ईलाका प्रहरी कार्यालयको भवनमा पनि क्षति पुर्याउनसक्ने सम्भावना भएको हुनाले त्यहाँबाट पनि प्रहरी साथीहरुलाई अर्को सुरक्षित ठाँउमा सारिएको अवस्था छ । मेलम्चीको चौतारा जोड्ने पुलपनि बगाएको भन्ने कुराहरु आईरहेको छ । अहिलेपनि नदीमा ठुलो पानीको लेदो बगाएर ल्याएको अवस्था छ ।’ प्रस्तुत छ डिएसपी सापकोटासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

डिएसपी साहब, सिन्धुपाल्चोकको पछिल्लो अवस्था कस्तो छ ? बाढी/पहिरोबाट कति जनधनको क्षति भएको छ ?

अहिलेसम्म हामीलाई प्राप्त जानकारीनुसार एक जना पुरुष र तीन जना महिला गरेर चार जना हराईरहेको भन्ने जानकारी भएको छ । अहिलेपनि नदीको बहाव एकदमै ठुलो छ । लेदो बगाईराखेको अवस्था छ । ठुला–ठुला घरजत्रो ढुङगाहरु बगाईरहेको देखिन्छ । र ठुलो क्षति गरेको अवस्था छ ।

त्यहाँको सुरक्षाकर्मी बस्ने ठाउँ, तपाँईहरुको कार्यालयको अवस्था के छ ?

धेरै डुबान भएको छ । हेलम्बु प्रहरी चौकी पनि डुबाईरको छ, नदीले कटान गरेर भत्काईरहेको छ । तल प्रहरी चौकी कालामहारानी पनि पूरै डुबानमा परेको छ । ईलाका प्रहरी कार्यालयको भवनपनि क्षति पुर्याउनसक्ने सम्भावना भएको हुनाले त्यहाँबाट पनि प्रहरीहरुलाई अर्को सुरक्षित ठाँउमा सारिएको अवस्था छ । मेलम्चीको चौतारा जोड्ने पुलपनि बगाएको भन्ने कुराहरु आईरहेको छ । अहिलेपनि नदीमा ठुलो पानीको लेदो बगाएर ल्याइएको अवस्था छ ।

सिन्धुपाल्चोकमा धेरै समस्या आएको छ, पछिल्लो समयमा के तपाईँहरुले रोकथामको लागि काम गर्न नसकेको हो त ?

रोकथामको लागि काम त भईरहको छ । यो प्रकोप कहिले कता आउँछ ? कहिले कता आउँछ ? यो भन्न सकिने अवस्था छैन । समयमा बाह«विशे र भोटेकोशीको बीचमा पहिले बढि क्षति पुर्याएको अवस्था थियो भने अहिले यसपालिको वर्षादको सुरुवातमा नै मेलम्ची खोलाले क्षति पुर्याएको अवस्था छ । प्रकोप कहाँ र कतिवेला आउँछ? भन्ने नै अनुमान गर्न नसकिने भएकोले यो पूर्व तयारी पनि त्यति सेक्युर्ड नभएको अवस्था हो ।

अब उद्धारको लागि केही कठिनाई छ कि छैन ? समस्याहरु के छ ? राहतको लागि के–के काम गरिरहनुभएको छ ? त्यहाँको जनता कसरी सुरक्षित पार्ने त अब ?

त्यहाँ हामी आज थप प्रहरी टोली लिएर जाँदैछौँ । नेपाली सेनाको टोली पनि त्यहाँ परिचालन भएको अवस्था छ । र, त्यहाँ हामी पहिला उद्धारको कामहरु गछौँ । र, त्यसपछि राहतका काम सुरु हुन्छ ।

त्यसोभए बाढी/पहिरोले कुन–कुन बस्तीलाई प्रभावित पारेको छ, हामीलाई थोरै जानकारी दिनुहोस त ?

विषेशगरेर हेलम्बु गाउँपालिकाको मेलम्ची नदी किनाराका बस्तीहरुलाई प्रभावित पारेको र र मेलम्ची नगरपालिकाको नदी किनाराको ठाउँहरुमा प्रभाव पारिरहेको अवस्था छ । के÷कति र कुन गाउँ भन्ने अहिले पछि प्रहरी परिचालन गरेर हामीले एकिन गछौँ ।

त्यसोभए हिजो राति तपाईँहरुले उद्धार गर्न सक्नुभएन ?

हिजो राति पानीको बहाव धेरै ठुलो भएको हुनाले जानसक्ने अवस्था नै रहेन । एकदमै नदीको बहाव बढेको र जतासुकै क्षति पुर्यारहेकोले हामीहरु अध्याँरोमा भएपनि आफु नै सुरक्षित हुनसक्ने अवस्था भएकोले बाहरि जानसक्ने अवस्था नै थिएन । प्रहरीले सचेतना जगाएर त्यहाँ नदी÷किनारामा बस्ने मानिसहरुलाई बाहिर सुरक्षित स्थानमा जान अनुरोध पनि गरेको थियो । जसका कारण धेरै मान्छेहरुलाई बचाएको अवस्था छ भने अरू क्षतिको विवरण के÷कति भयो भन्ने कुराहरु अहिले लिने काम भैरहेको छ ।

त्यसोभए तपाईहरु अहिले घट्नास्थालमा पुग्ने क्रम जारी छ ?

हो । हामी पुग्दैछौं ।

त्यसोभए अब समयमै उद्धार हुन्छ त ? कुनै समस्यामा जनता पर्दैनन् नि ?

पर्दैनन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्