Logo

नेपाल पुनर्बीमासहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २ असार । शेयर बजारमा आज २१९ कम्पनीका १ लाख ६७ हजार ९३८ पटक कारोबार भएर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रुपैयाँ बराबरको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य १८ सय ५८ रुपैयाँ अन्तिम मुल्य कायम भई ६० करोड ९० लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन डिष्टिलरीको प्रतिकित्ता ५३ सय ८९ रुपैयाँ अन्तिम मुल्य कायम भई ५५ करोड ५७ लाख बढीको कारोबार भएको छ । यसैगरी, आज नेशनल हाइड्रोपावरको ४६ करोड ७५ लाख बढीको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य २९१ रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्