Logo

मिथुन चक्रवर्तीमाथि प्रहरीद्वारा सोधपुछ



एजेन्सी, २ असार । विवादास्पद अभिव्यक्तिका कारण बलिउड कलाकाल मिथुन चक्रवर्ती चर्चामा छन् । उनले पश्चिम बँगालको चुनावका दौरान दिएको अभिव्यक्तिविरुद्ध उजुरी समेत दर्ता भएको छ ।

चक्रवतीलाई आज बँगाल प्रहरीले सोधपुछ गरेको छ । उनीमाथि ४५ मिनेट सोधपुछ भएको हो । सोधपुछ भर्चुअल माध्यमले भएको उल्लेख छ ।

विधानसभाको चुनावका दौरान उनले अभिमन्यु चलचित्रको डाइलग म कोब्रा हुँ, एकै टोकाइमा मान्छे मार्न सक्छु जस्ता अभिव्यक्ति दिएका थिए । यस्ता अभिव्यक्तिबाट भाजपा कार्यकर्तालाई उकासेको आरोप मिथुनमाथि लागेको छ ।



प्रतिक्रिया दिनुहोस्