Logo

एमाले महासचिवसँग स्वीजरल्याण्डकी राजदूतको भेटवार्ता



काठमाडौं, २ असार । नेकपा (एमाले) का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीजरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताएको पोखरेलको सचिवालयले जनाएको छ । Photo Source : Ganesh Pandey



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम