Logo

२४ घन्टामा संक्रमणबाट ५२ जनाको मृत्यु



काठमाडौं, २ असार । कोरोना संक्रमणबाट आज थप ५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ३० सय पुगेको  छ ।

आज ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार २२ जनाको परीक्षणबाट ८६ सय ८७ जनाको पिसीआर विधि र ४३ सय ३५ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्