Logo

आज ३०८२ जना कोरोना संक्रमणमुक्त



काठमाडौं, २ असार । २४ घन्टामा आज ३ हजार ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ८ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १५ हजार ३० सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ५ सय २१ जना संक्रमणमुक्त भएका छन् । आज १३ हजार २२ जनाको परीक्षणबाट ८६ सय ८७ जनाको पिसीआर विधि र ४३ सय ३५ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ५२ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८  पुगेको छ। स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्