Logo

झलनाथ खनालले ओली खेमाको पनि मत जिते, स्वास्थ्यलाभको कामनाको ओइरो



काठमाडौं, २ असार । स्वास्थ्यलाभ गरी फर्कने विश्वासका साथ पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरे । उनी यतिबेला एपोलो अस्पताल पुगिसकेका छन् ।
खनालको स्वास्थ्यका बारे विभिन्न आशंकाहरु भए । एमालेका नेताहरुले शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे । एमाले महासचिव इश्वर पोखरेल नर्भिक अस्पताल नै पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए । उनलाई खनालले पार्टी एकताको आग्रह गरेका थिए ।

प्रेस वक्तव्यमार्फत् खनालले एमाले एकता मात्र नभई राजनीतिक सहमतिको विषय पनि उठाए । उनले विभाजनबाट नभई एकताबाट बढ्न आग्रह गरे ।

खनाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरे । उपचारका बारे पनि बुझे ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि स्वास्थ्य लाभको कामना गरेका छन् ।

खनालले एमाले एकतामा जोड दिई भावुक भई विज्ञप्ति जारी गरेपछि पार्टीको ओली खेमाका नेता कार्यकर्ता समेत गम्भीर भएको बुझिएको छ । कतिपयले खनाल नै एमाले एकतामा निर्णायक हुनसक्ने विश्लेषण समेत गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्