Logo

कर बुझाउने म्याद २५ असारसम्म, निषेधाज्ञा खुकुलो गरिदै लाने संकेत



काठमाडौं, २ असार । सरकारले कर बुझाउने म्याद थपेर २५ असारसम्म बनाएको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकले म्याद थपेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण निषेधाज्ञा जारी भएकाले म्याथ थपको निर्णय भएको आन्तरिक राजश्व विभागले सूचना जारी गरी जानकारी दिएको हो । मूल्य अभिवृद्धि कर, आय कर, अन्तः शुल्क कर, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर बुझाउन म्याद थपिएको हो ।

सरकारले २५ असारसम्म बुझाउने गरी कर दाखिलाको म्याद थपेपछि निषेधाज्ञा असारको अर्को हप्ताबाट खुकुलो हुने आँकलन गरिएको छ । सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ ।

१६ वैशाखबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । देशका कतिपय प्रमुख शहरहरुमा पनि निषेधाज्ञा जारी छ ।



प्रतिक्रिया दिनुहोस्