Logo

बाँस्कोटाको प्रश्न : प्रधानमन्त्री भैसकेको नेताद्वारा जारी अपिलमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेको ?



काठमाडौं, २ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले वरिष्ठ नेता झलनाथ खनाललाई शान्तिपूर्ण उपचार हुन दिनुपर्ने बताएका छन् । उनले अहिले नेता खनाललाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो भन्ने प्रतिक्रिया दिएका छन् ।

नेता खनाल उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान् गरेका छन् । दिल्ली उड्नुअघि खनालले पार्टी एकताको लागि गम्भीर हुन नेताहरुलाई अपिल गरेका थिए । तर, माधव नेपाल पक्षधर नेताहरुले भने खनालको हस्ताक्षर दुरुपयोग गरिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका थिए । त्यसलाई आधार मानेर नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेको बुझ्न सकिन्छ ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्-“कमरेड झलनाथ खनाललाई शान्तिपूर्वक उपचार हुन देउ।उहाँलाई रोगमाथि विजय प्राप्त गर्न हौसला दिने हो।तनावपूर्ण राजनीतिमा झोस्नु सर्वथा गलत।अझ उहाँका खास मान्छे दावा गर्नेले पार्टीको प्रमुख र देशको प्रधानमन्त्री भैसकेको नेताद्वारा जारी अपिलमाथि कुन रोटी बेल्न प्रश्न खडा गरेको?अचम्म!”



प्रतिक्रिया दिनुहोस्