Logo

बाढी पहिरोले पुर्‍याएको क्षतिप्रति दुःखी छुः पूर्वराजा



काठमाडौं, असार ३ । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्षातको कारण देशको विभिन्न भागमा बाढी र पहिरोले नागरिकको ज्यान गएको प्रति दुःख व्यक्त गरेका छन् । पूर्वराजा शाहले एक सन्देश जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

‘देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति हामी कहाँ आइपरेको छ।’शाहद्वारा जारी संदेशमा उल्लेख छ, ‘हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण तथा शहरी वस्तीका बासिन्दाहरुको उठीबास भएको दुःखद खबर सुन्दा, देख्दा हामीलाई दुखित तुल्याएको छ।’

महामारी र प्राकृतिक विपत्तिको न्यूनिकरण गर्नेतर्फ जिम्मेवार बन्नु पर्ने उनको भनाई छ। विपत्तिको पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षलाई जोड दिन समेत उनको आग्रह छ ।



प्रतिक्रिया दिनुहोस्