Logo

फरवार्ड लघुवित्तको ३ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा



काठमाडौं, ३ असार । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामी विक्रि खुल्ला गर्ने भएको छ ।
संस्थाले आरएमडिसि लघुवित्तको संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामी बिक्रिमा ल्याएको हो । उक्त लिलामी शेयरमा व्यक्ति तथा संघसंस्थाले असार १७ गते ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

संस्थाले शेयर बिक्रि प्रबन्धकको जिम्मेवारी सनराइज क्यापिटल लिमिटेडलाई दिएको छ । शेयरको मुल्य न्युनतम ८५० रुपैयाँ तोकिएको हुनाले सो वा सोमुल्य भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्न सकिने संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्