Logo

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते



भक्तपुर, असार ३ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी चारदोबाटोमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक बीचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ ।

बुधबार राति करिव एघार बजे काठमाडौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ७७ प ५६०५ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडक बीचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल चालक सोलुखुम्बु चौलाखर्क ३ घर भई हाल काठमाडौं काडाघारी बस्ने वर्ष २७ का रमेशकुमार बस्नेतको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार मोटरसाईकल पछाडि सवार उदयपुर ताप्ले गाउँपालिका ५ घर भई हाल काडाघारी बस्ने वर्ष २२ का लोकेन्द्र मग्रातीको त्रिबि शिक्षण अस्पाल महारागंजमा उपचार भइरहेको छ ।

परिसरका सूचना अधिकृत दीपक गिरीले मोटरसाइकल पछाडि सवार सिन्धुली तिनपाटन गाउँपालिका वडा नं। ५ घर भई हाल काडाघारी बस्ने वर्ष २५ का अमित जैरुको पनि त्रि।बि। शिक्षण अस्पाल महारागंजमा उपचार भईरहेको जनाए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ नजिकै रहेको प्रहरी टोलीले मोटरसाइकलमा सवार उनीहरुलाई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर भक्तपुर पठाई प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि त्रिबि शिक्षण अस्पाल महारागंज काठमाडौं रिफर गरिएका उनले बताए ।



प्रतिक्रिया दिनुहोस्