Logo

असार २५ गतेभित्र कर तिर्न निर्देशन



काठमाडौं, ३ असार । आन्तरिक राजस्व विभागले २०७८ असार २५ गतेसम्म सबै प्रकारका कर तिर्न निर्देशन दिएको छ । विभागले बुधबार सुचना जारी गर्दै असार २५ भित्र सबै प्रकारका कर दाखिला गर्न निर्देशन दिएको हो ।

राजस्व विभागले हिजो मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर बुझाउन निर्देशन दिएको हो।

सुचनामा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण समयमा कर बुझाउन नसकेका करदाताका लागि समय थप गरिएको बताइएको छ।
बुधबार जारी गरिएको सुचनामा भनिएको छ, ‘कोभिड १९ संक्रमणको रोकथाम र नियन्त्रणको सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनुपर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गरी आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७८÷३÷२ निर्णयानुसार कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरिएको जानकारीको लागि सुचना प्रकाशित गरिएको छ।’

सर्वोच्च अदालतले कर तिर्ने समय तोक्न आदेश दिए लगत्तै सरकारले कर चुक्ता गर्नका निम्ति असार २५ गतेसम्मको समय दिएको हो।

 

 



प्रतिक्रिया दिनुहोस्