Logo

विश्वकै तेस्रो ठूलो हीरा भेटियो



एजेन्सी, ३ असार । विश्वकै तेस्रो ठूलो हीरा भेटिएको छ । हीरा बोत्स्वानामा भेटिएको हो ।

हीरा १०९८ क्यारटको छ । दुई हप्ताअघि भेटिएको हीरा बोत्स्वानाका राष्ट्रपति मोकविटसी मासिसीलाई देखाइएको छ ।

सन् २०१५ मा बोत्स्वानामा भेटिएको विश्वकै दोस्रो ठूलो हीराभन्दा यो केहीमात्र हलुका छ ।

बोत्स्वाना अफ्रिकाको सबैभन्दा ठूलो हीरा उत्पादक देश हो । डेबस्वाना कम्पनीले त्यहाँ ५० वर्षभन्दा बढी समयदेखि हीरा उत्खनन गर्दै आएको छ । विश्वकै तेस्रो ठूलो हीरा पनि सोही कम्पनीले उत्खनन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्