Logo

घट्यो सुनचाँदीको मुल्य, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, ३ असार । आज नेपाली बजारमा सुनको मुल्य  घटेको छ । बुधबार ९३ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मुल्य घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघको आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्