Logo

बाढी/पहिरो पीडितहरुमाँझ सबैभन्दा पहिले म नै पुगेको हुँ, राहत पनि दिएको छु : मोहन बस्नेत (भिडिओसहित)



काठमाडौं, ३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोकमा बाढी/पहिरो जानुको कारण भू–बनोट पनि एउटा कारण रहेको सुनाए । उनले आफूले अनवरत रुपमा जनताको हितको लागि काम गरेको र पीडित जनतालाई राहत दिएको पनि सुनाए ।

उनले आफूजति कोही पनि नखटेको पनि दाबी गरे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू नै पहिले पीडितहरुको माँझमा पुगेको दाबी गरे । उनले भने,‘म भन्दा अघि कोही पनि पुगेको छैन् । राहत पनि मैले नै दिएको छु । सिन्धुपाल्चोकमा कोरोनाबाट निधन हुँदापनि मैले सहयोग गरेको छु ।’



प्रतिक्रिया दिनुहोस्