Logo

यी स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं, ३ असार । आज दिन देशभर सामान्य देखि पुर्ण बदली हुने जल तथा मौसम विभाग विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम पुर्वानुमान महाशाखाको अनुसार आज सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती पनि देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक–दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

आज कोशी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती, तिनाउ, बबई जलाधारका केहि स–साना सहायक नदीमा क्षणिक मध्यम÷भारी बर्षा भई बहाब बढ्ने र केही स–साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पुर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot