Logo

नेप्सेसँगै कारोबार रकम पनि घट्यो



काठमाडौं, ३ असार । साताको कारोबारको अन्तिम दिन आज नेप्से सामान्य अंकले घटेको छ । बिहीबार (आज) नेप्से १.३० अंकले घटेर २९ सय ६८ दशमलव ४३ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले घटेर ५४१ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २२३ कम्पनीको १ लाख २४ हजार ५६१ पटक कारोबार भएर १० अर्ब ९० करोड ४९ लाख ८ हजार ९३५ रुपैयाँ बराबरको २ करोड ३६ लाख ५ हजार ६९९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज शेयरमुल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर कम्पनी रहेका छ । कम्पनीको आज शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।



प्रतिक्रिया दिनुहोस्