Logo

सामान्य अंकले नेप्से घट्दा यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, ३ असार । शेयर बजारमा आज १० अर्ब ९० करोड ४९ लाख ८ हजार ९३५ रुपैयाँ बराबरको २ करोड ३६ लाख ५ हजार ६९९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

०.०४ प्रतिशतले नेप्से घट्दा आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ५८ रुपैयाँले बढेर १९ सय १५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २९ करोड ८२ लाख बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ७ रुपैयाँले बढेर २ सय ९८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड १६ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको २४ करोड २७ लाख, हिमालयन डिस्टिलरीको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्