Logo

विपक्षी गठबन्धनको संयुक्त वक्तव्य : सरकार गैरजिम्मेवार देखियो (वक्तव्यसहित)



काठमाडौं, ३ असार । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको विपक्षी गठबन्धनले वर्तमान सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी तयारी नगरी गैरजिम्मेवार रहेको देखिएको टिप्पणी गरेको छ । गठबन्धनको तर्फबाट बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाको तर्फबाट दुर्गा पौडेलले गरेको संयुक्त हस्ताक्षरसहितको विज्ञप्तीमार्फत यस्तो भनिएको छ ।

उनीहरुले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुको लागि तत्काल आवास, खाद्यान्न, मृत्तकका परिवारलाई सहयोग घाईतेहरुको उपचार लगायत उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन समेत सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्