Logo

साताको कारोबारको अन्तिम दिन आज यी कम्पनीको शेयरमुल्यमा बृद्धि



काठमाडौं, ३ असार । नेप्सेमा आज १० अर्ब ९० करोड ४९ लाख ८ हजार ९३५ रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल धितोपत्रले ५१ जोखिमपुर्ण कम्पनीको सुची सार्वजनिक गरेसँगै कारोबार रकम तल झरेको हो।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको १८ रुपैयाँले प्रतिकित्ता शेयरमुल्य बढेर ३०१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

त्यस्तै, नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता शेयरमुल्य २५ रुपैयाँले बढेर ४५३ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्