Logo

मेच नछोड्नुस्



मेच नछोड्नुस्

चाँडो गर्नुस्

यो आसन सधैँ खाली रहँदैन

अरु पनि बस्न सक्छन्

एक पटक बस्नुस्

बसेपछि नछोड्नुस्

जनता र देशलाई बिर्सनुस्

मेच भाचिए भाँचिन दिनुस्

आदर्श च्यातिए च्यातिन दिनुस्

प्यान्ट च्यातिएर भ्वाङ्ग परे

ग्लू लगाएर बस्नुस्

धक्का दिए

मेचसहित लड्नुस्

सिंहदरबारबाट खेदे

मेचसहित निस्कनुस्

दक्षिण या उत्तर

कता जाने ?

के फरक पर्छ र !

जता सत्ताको फाइदा

त्यतै जानुस्

आशीर्वादको लागि कुद्नुस्

तर मेच अब नछाड्नुस्



प्रतिक्रिया दिनुहोस्