Logo

जसपाका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने



काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका बहुमत कार्यकारिणी समितिका सदस्य निर्वाचन आयोग सशरीर पुग्ने भएको छ । आज बसेको जसपा उपेन्द्र यादव पक्षधर कार्यकारिणी समितिको बैठकले सशरीर निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो ।

आधिकारिकता दाबी गर्न ३० जना कार्यकारिणी सदस्यहरु नै नागरिकतासहित निर्वाचन आयोग पुग्ने निर्णय भएपछि जसपा विवाद रोचक मोडमा पुगेको छ । जसपाको आधिकारिताको दाबी महन्थ ठाकुर पक्षधरले पनि गरेको छ । ठाकुरले आफूपक्षीय केही नेतालाई कार्यकारिणी समितिमा मनोनित गरी बहुमत देखाउन खोजेका छन् ।

यसअघि महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि कारबाहीको निर्णय गरी अद्यावधिक गर्न पत्र पठाएकोमा निर्वाचन आयोगले अस्वीकृत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्