Logo

सरकारमा सहभागी नौ नेतालाई पार्टीबाट निष्काशन गर्ने जसपा यादव पक्षको निर्णय



काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको निर्णय विपरित वर्तमान सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले जनाएअनुसार आजको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई पूनः स्पष्टीकरण सोध्ने पनि निर्णय  गरेको छ ।

पार्टी आधिकारिकताको लागि निर्वाचनमा पूनः निवेदन दिनेपनि आजको बैठकले निर्णय गरेको छ । त्यस्तै, चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ र बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्