Logo

राज्यको नमुना बिद्यालयमा प्रध्यानाध्यापक नियुक्तिबारे चरम बेथिति



गोरखा, असार ४ । गोरखाको भिमसेन थापा गाउँपालिका १ अन्तर्गतको दुल्लभ माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्तिको विषयमा चरम बेथिती भेटिएको छ । राज्यको माथिल्लो तह र विभिन्न सामाजिक सस्थाको नेतृत्व प्रदान गर्ने हरु हुर्के पढेको यस बिद्यालयमा अहिले राजनीतिक रंगले हजारौ विद्यार्थीको भविश्यमाथी खेलवाड हुने चिन्ता बढेको छ ।

केहि बर्ष पहिलेसम्म जिल्लाकै धेरै बिद्यार्थी हुने विद्यायल मध्येकै एक यस विद्यालयमा सात गाबिसका बिद्यार्थीले अध्ययन गर्दै आएका थिए । विद्यालयमा अहिले प्रध्यानाध्यापक नियुक्तिको विषयले विवाद उत्पन्न हुँदा विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई चिन्ता थपिएको छ ।

१० वर्षदेखि त्यसै बिधालयमा उत्कृष्ट शिक्षण पेशा गर्दै आएका सायक प्रमुख तथा गणित विषयमा जिल्लाकै उत्कृष्ट शिक्षक, स्थानीय ब्यक्ति कमल भट्टलाई स्थानिय राजनीति नेताको गुटबन्दीको गोटि नबन्दा प्रध्यानाध्यापक हुनबाट रोकेर विद्यायलय व्यवस्थापनलाई खलबल्याउने प्रयास गरिरेहेका छन् ।

विद्यालयलाई यो अबस्थामा पुर्याउन कुनै योगदान नभएको ब्यक्तिलाई सिधै प्रध्याना ध्यापक बनाउन चलखेल भईरहेको भन्दै स्थानिय आक्रोशित समेत बन्न थालेका छन । स्थानिय भुपु बिद्यार्थी , स्थानिय अभिभावक, भुपु शिक्षकहरुले यसरी नेता गुटबन्दीको गोटिले राज्यको नमुना बिधालयको भबिष्यमाथी खेडवाल भएको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

उक्त विद्यालयमा स्व पुर्व मन्त्री एव एनआरएन का निवर्तमान अध्यक्ष भवन भट्टका पिता यदु भट्ट, डा चन्डिका भट्ट, बिरेन्द्र पोख्रेल, नुरेश्वर अधिकारी लगायत विशिष्ट ब्यक्तिले अध्ययन अध्यापन गराइएका थिए । दुल्लभ मा बि अहिले राज्यको नमुना बिधालयको मापदण्ड भित्र परेको विद्यायल हो ।



प्रतिक्रिया दिनुहोस्