Logo

तयार भयो कोभिड विशेष अस्पताल



धनुषा, असार ४ । जनकपुरधाममा कोभिड १९ विशेष अस्पताल तयार भइ संचालनमा आएको छ। प्रदेश २ सरकारले एक सय बेडको विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो। जनकपुरधाममा मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड १९ विशेष अस्पताल संचालनमा ल्याएको हो।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन्। विगत १ वर्षअघिदेखि नै उक्त भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरूका कारण बिहीबारबाट मात्र सञ्चालनमा ल्याउन सकिएको हो।

अस्पतालको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड १९ संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टै सुरु गर्ने बताए। शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएका मणिपालले दसकौं बितिसक्दासमेत अस्पताल सञ्चालन गर्न नसकेकाले उनको लिज खारेजी गराई उक्त जग्गा प्रतिष्ठान मातहत ल्याउने पहल सुरु भइसकेको उनले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्