Logo

खोप लगाउन नपाएको भन्दै पेट्रोल पम्पमा काम गर्नेले दिए आन्दोलन गर्ने चेतावनी(विज्ञप्तिसहित)



काठमाडौं, ४ असार । पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको गुनासो गरेका छन् ।

खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको हो । विज्ञप्तिमार्फत खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको छ ।

खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन् । कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूले बताएका छन् ।

गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो । नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने भने पनि कार्यान्वयन हुन नसकेको व्यवसायीहरूको भनाई छ ।

-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्