Logo

यूरो कपः आज तीन खेल हुँदै



काठमाडौं, असार ४ । युरो कप २०२० अन्तर्गत आज समूह ‘डी’ का दुई र समूह ‘ई’ का एक गरी कुल ३ खेल हुँदै छन्।

समूह ‘डी’ मा रहेको इङ्ल्यान्ड घरेलु मैदानमा स्कटल्यान्डसंग भिड्दै छ भने क्रोएसिया प्रतियोगिताको पहिलो जितका स्वाद चाख्ने लक्ष्यमा हुनेछ।

आजको खेलमा स्विडेन र स्लोभाकिया आमनेसामने हुनेछन् भने समूह ‘डी’ अन्र्तगत क्रोएसियाविरुद्ध चेक रिपब्लिक आमनेसामने हुँदै छन्।



प्रतिक्रिया दिनुहोस्