Logo

एमाले विभाजन भयो भने म केपी ओलीसँग रहन्छु : योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, ४ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेश कुमार भट्टराईले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले आफूले यसको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नियमित भेटवार्ता गरिरहेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले एकताको लागि नै इमानदार प्रयास गरेको सुनाए । उनले पार्टीभित्र सहकार्य हुने र निषेध नहुने जिकिर गरे । नेता भट्टराईले माधव नेपालले पार्टीमा एकता, संघर्ष र रुपान्तरण नै गर्ने बताए । तर, नेता नेपालले यी लाईन छोडे अर्को पार्टी बनाए हुने उनको भनाई छ । उनले नेता नेपालले पार्टी एकताको लागि नै अहिले पहल गरिरहेको सुनाए । नेता नेपालले अर्को पार्टी बनाए आफू एमालेमै रहने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्