Logo

धितोपत्र बोर्डको इमेल ह्याक गरेर अध्यक्ष विरुद्व उजुरी



काठमाडौं, ४ असार । नेपाल धितोपत्र बोर्डको इमेल ह्याक भएको छ । इमेल ह्याक गरेर आफु बोर्डको कर्मचारी भएको र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानामाथि लगानीकर्तासँग करोडौ रुपैयाँ असुल गरेको भन्दै सिआइबीमा उजुरी दिइएको छ ।

बोर्डले मंगलबार सुचना जारी गर्दै जोखिम मुल्यांकन गर्न लगानीकर्तालाई ध्यानाकर्षण गराएको थियो । बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सुची सार्वजनिक गरेको थियो ।
धितोपत्र बोर्डबाट सिआईबीको फोन आएपछि इमेल ह्याक भएको थाहा भएको बोर्डले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्